अमेरिकामा एकैदिन ७ लाख ६१ हजारमा कोरोना संक्रमण, १७ सय बढीको मृत्यु
खबर एक्सप्रेस
२०७८-०९-२४ ०९:०७ मा प्रकाशित
Total Shares: 192
काठमाडौं,एजेन्सी - अमेरिकामा कोरोेना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ ।
विश्वमै सबैभन्दा बढी कोरोनाबाट प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै ७ लाख ६१ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै यसको संक्रमणबाट गत २४ घण्टामा १७ सय ७० जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७६ हजार ५४७ रहेको छ ।
अमेरिकामा हाल १ करोड ७३ लाख ५१ हजार बढी सक्रिय संक्रमित छन् । हालसम्म अमेरिकामा कोरोनाबाट ८ लाख ५८ हजार बढीले ज्यान गुमाइसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस