काठमाडौं - पूर्वी रोल्पाकी शारदा ९ कक्षामा पढ्दापढ्दै गर्भवती भइन्। १५ वर्ष नपुग्दै गर्भवती भएकी उनले पढाई छाडेर विवाह गरिन्।

विवाह नगरी यौन सम्पर्क गर्दा बच्चा जन्मिँदैन भन्ने सुनेकी उनले अस्थायी साधनबारे थाहा हुँदाहुँदै पनि आवश्यकता महसुस गरिनन्।

‘बिहे नहुँदै गर्भ बस्छ भन्ने थाहा भएन। थाहा भएको भए यस्तो हुँदैनथ्यो,’ शारदा पढ्ने इच्छा हुँदाहुँदै बिट मार्नुपरेकोमा दुःखि छिन्। उनले भनिन्, ‘यौन सम्पर्क राख्ने रहरले अर्को रहर सकियो।’

शारदा जस्ता यौनशिक्षाबारे थाहै नपाएका किशोरीबारे कुनै सरकार र तहले चासो नै दिएका छैनन।

स्वास्थ्यकर्मी भने विवाहअगाडि यौन सम्पर्क राख्दा गर्भ रहन्छ भन्ने जानकारी नपाएका किशोरकिशोरी पनि छन् भन्ने मान्ने पक्षमा छैनन्।

नागरिक दैनिकबाट