काठमाडौं - नवलपरासी पूर्व अरुणखोलाबाट पाल्पाको रामपुर नगरपालिका तर्फ गइरहेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। 

आज बिहान १० बजेतिर  लु १ ज ३९०८ नम्बरको जिप पाल्पाको निस्दी गाउँपालिका-४ चिउरीबासमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी  प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले बताए। 

दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत हुन नसकेको र शव पहिचानका लागि विभिन्न पक्षसँग सोधखोजको काम भइरहेको सूचना अधिकारी चौधरीले बताए।  

८ जना घाइतेको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। जिप सडकबाट करिब २ मिटर तल खसेको र दुर्घटनाको अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।