काठमाडौं - निर्वाचन आयोगले  राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

आगामी माघ ९ गते हुने निर्वाचनको लागि  आज आयोगले तालिका सार्वजनिक गरेको हो।  आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो।

  फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ । ९ गते १८ जनाका लागि निर्वाचन हुन लागेको हो।