काठमाडौं - निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
आगामी माघ ९ गते हुने निर्वाचनको लागि आज आयोगले तालिका सार्वजनिक गरेको हो। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो।
फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ । ९ गते १८ जनाका लागि निर्वाचन हुन लागेको हो।


.gif)


