काठमाडौं-बाग्मती प्रदेश कांग्रेस संसदीय दलको नेता फेरिएसंगै संसदीय दलको प्रमुख सचेतक र दल कार्यसमितिको सचिव पनि फेरिएका छन् ।

प्रमुख सचेतकमा काभ्रेपलाञ्चोकका कञ्चनचन्द्र बादे नियुक्त भएका छन् भने संसदीय दलको सचिवमा ललितपुरका मिनकृष्ण महर्जन नियुक्त भएका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार काभ्रेका प्रदेशसभा सदस्य बादेलाई प्रमुख सचेतक र ललितपुरका प्रदेशसभा सदस्य तथा पूर्वखेलकुदमन्त्री महर्जनलाई सदस्य सचिव नियुक्त गरेका हुन

यसअघि, दलको सचिव रहेका कृष्ण लामा मन्त्री बनाइएपछि रिक्त पदमा महर्जन नियुक्त भएका हुन् ।

यसअघि संसदीय दलमा प्रमुख सचेतकमा धादिङका गोविन्द लम्साल र सचिवमा सिधुपाल्चोकका कृष्ण तामाङ थिए ।