तीन सय रुपैयाँले घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०८०-०२-०४ ११:२४ मा प्रकाशित
Total Shares: 63
काठमाडौं-नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले घटेको हो । बुधबार पनि एक हजार एक सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार सात सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार दुई सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस