काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुन आज भने घटेको हो।

मंगलबार प्रतितोला पाँच सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दु कायम गरेको सुनको मूल्य यस दिन प्रतितोला आठ सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।