शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्छ, नयाँ कुलमानहरू नियुक्त गर्नुपर्छ : जनार्दन शर्मा
खबर एक्सप्रेस
२०७७-१०-२८ ०३:४९ मा प्रकाशित
Total Shares: 351
काठमाडौं - नेकपा नेता जनार्दन शर्माले शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै शर्माले जनताको आवाज नसुनिए शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्ने चेतावनी दिएका हुन् । ‘जनताका आवाज सुन्दैनन् भने शान्तिपूर्ण आन्दोलन गरिरहेका जनता विद्रोहमा उत्रिनन्छन् र संघीयता विरोधीलाई समाप्त पार्नेछन् ।’ उनले भने ।
यस्तै, शर्माले नयाँ कुलमानहरू नियुक्त गर्नुपर्ने पनि बताएका छन्। ‘जनताका समस्याहरू समाधान गर्न नयाँ कुलमानहरू नियुक्त गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि सक्षम राजनीतिक नेतृत्व चाहिन्छ।’
फेसबुक पेज Like गर्नुहोस