विप्लव समूहका नेतालाई भेट्न खानेपानीमन्त्री थापा पुगे नख्खु कारागार
खबर एक्सप्रेस
२०७७-१०-२० ११:३३ मा प्रकाशित
Total Shares: 393
काठमाडौं - खानेपानीमन्त्री मणि थापाले कारागारमा रहेका सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेटेका छन् ।
मंगलबार बिहान नख्खु कारागार पुगेका मन्त्री थापाले नेता ओलीसँग भेटवार्ता गरेको स्रोतले बताएको छ । काठमाडौँस्थित एनसेलको मुख्यालयमा बम बिष्फोट गराएको आरोपमा पक्राउ परेका सुदर्शनलाई ललितपुर जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको थियो ।
मन्त्री थापाले कैदीबन्दीहरुलाई भट्नुका साथै नख्खु कारागारको सरसफाई र खानेपानीको अवस्थाबारे बुझेका थिए ।
फेसबुक पेज Like गर्नुहोस