काठमाडौं - एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरुेको छ ।

बसन्ती एक यस्ती महिला हुन् जसलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उदेश्य राखेको थियो । विगतका पिडाहरुलाई भुल्न नसके पनि बसन्ती ती पिडाहरु विरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघी बढीरहेकी छिन् ।

बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो । यो अभियान मार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देश सहित यो अभियान मार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उदेश्य राखेको छ । यसबाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।