बामदेमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय फिर्ता गर्न विवेकशीलको माग
काठमाडौं - विवेकशील नेपाली दलले बामदेम गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय फिर्ता गर्न माग गरेको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै दलले प्रत्यक्ष निर्वाचनमा पराजित भएका व्यक्ति राष्ट्रिय सभामा लैजाँदा नेताहरु पद विना एक क्षण पनि बस्न सक्दैनन भन्ने सन्देश जाने भन्दै यस्तो निर्णय फिर्ता लिन माग गरेको हो ।
निर्वाचनमा पराजित हुनेहरुको व्यवस्थापन गर्नका लागि राष्ट्रिय सभा नभएकाले यस्तो कार्य रोक्नुपर्ने दलको माग छ ।
निर्वाचनमा पराजित यक्ति त्यही कार्यकालमा मन्त्री नियक्त हुन नसक्ने संवैधानिक व्यवस्थालाई वेवास्ता गर्दै बामदेव गौतम मन्त्री हुने उद्देश्यसहित राष्ट्रिय सभामा जान खोज्नुले कानुनी राज्यको खिल्ली उडाएको विवेकशील नेपाली दललको ठहर छ ।
फेसबुक पेज Like गर्नुहोस