साविक विजेता मनाङ मर्स्याङ्दीको लगातार दोस्रो जित
काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
मनाङको जितमा दयानन्द सिंहले एकमात्र निर्णायक गोल गरे । यो सिजन स्टार खेलाडी विना नै टिम तयार पारेको मनाङले पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर खेलको इन्जुरी समयमा दयानन्दले रिबाउन्ड बललाई सदुपयोग गरेर गोल गर्दै मनाङलाई जित दिलाउन सफल भए ।
जितसँगै मनाङले दुई खेलबाट ६ अंक जोड्दै र्षिस्थानमा उक्लिएको छ । आर्मीकोभने लिगमा यो पहिलो हार हो । उसको २ खेलमा ३ अंक छ । आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस