काठमाडौं - नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।
उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एक ओली पक्षीय नेताले जानकारी दिए । कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै मुकुन्द न्यौपाने, रामकुमारी झाक्रीलगायत छन् ।
कारवाहीमा परेकाहरु-
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी

.gif)



