अमेरिकाले थप ८ नेपालीलाई गर्यो निष्कासन
खबर एक्सप्रेस
२०८१-१२-२३ ०८:२९ मा प्रकाशित
Total Shares: 182
काठमाडौं - अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ।
स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको छ। उनीहरुमध्ये पुन, सुवेदी, पुन मगर, पाठक र बुढा अवैध रुपमा तल्लोबाटो (मेक्सिको) हुँदै अमेरिका पुगेका थिए। उनीहरुलाई अमेरिका प्रवेश गर्ने बित्तिकै प्रहरीले पक्राउ गरेको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस