काठमाडौं - सरकारले मन्त्रीस्तरीय सेवा सुविधासहित पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार जानकारी दिए।