पोखरामा मापसे गरेर स्कुल बस चलाउने ५ जना चालक प्रहरी नियन्त्रणमा
कास्की - पोखराका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ जना चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा माउन्ट हेभन बोर्डिङ स्कुलका बस चालक आन्नद परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलका चालक गौतम गुरुङ, बिन्देश्वरी बोर्डिङ स्कुलका चालक भक्तबहाुर गुरुङ रहेका छन् । त्यसैगरी अञ्जली बोर्डिङ स्कुलका बस चालक डम्बर बहादुर गुरुङ र एसओएस बोर्डिङ स्कुलका चालक पदम विक रहेका छन् ।
कास्कीका विभिन्न स्थानमा चल्ने बस चालकहरूले मापसे गरी स्कूलबस चलाउने गरेको गुनासो आएपछि प्रहरीले सोमबारदेखि चेकिङ सुरु गरेको थियो ।
सो क्रममा ५ जना चालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई नियमानुसार आवश्यक कारबाही गरिने बताइएको छ ।
पोखरामा केही समयदेखि स्कुल बस दुर्घटना बढ्न थालेपछि प्रहरीले त्यसतर्फ चासो देखाएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस