काठमाडौंं - शान्ति स्थापनाका लागि कंगोमा खटिएका सैनिकलाई अधिकृतले कुटपिट गरेको घटनामा जङ्गी अड्डाले छानविन सुरु गरेको छ ।

सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार क्याप्टेनहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले जवान नवराज माझीलाई निर्घात कुटपिट गरेका हुन् ।

सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको घटनामा ज्येष्ठ सेनानीको (मेजर) नेतृत्वमा ‘कोर्ट अफ इन्क्वायरी’ सुरू भएको बताइएको छ ।

हाल सामाजिक संजालमा उक्त घटनाको आलोचना भैरहेको छ । कंगोमा सेनाको सात सय जनाको पल्टन शान्ति स्थापनार्थ खटिएको छ ।