दार्चुला - दार्चुलामा आज भूकम्पको धक्का महसुस गरिएको छ । 

आज बिहान १० बजेर १२ मिनेट जाँदा दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । 

यसअघि, गत फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको थियो । 

त्यसअघि फागुन १५ गते ताप्लेजुङको तोप्केगोला आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।