काठमाडौं - काभ्रेपलाञ्चोकमा ५० जना भारतीय समातिएका छन् । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोकबाट धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । 

भारतीयहरु सिन्धुपाल्चोकको जल्केनीबाट कन्टेनर भ्यानबाट धुलिखेल आएको जानकारी पाएलगत्तै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो । ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । 

आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो । ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।