काठमाडौंं-ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसहित १७ जनालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ। एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिइएको हाे।

गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीसहित रिहा गर्ने आदेश न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार दिएको हो। ललिता निवास प्रकरणका एकजना अभियुक्तलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ। केशव दुलाललाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको हाे।