जान्हवीले गरिन ड्राइभरसँग उधारो लिएर सडक बालकलाई सहयोग
खबर एक्सप्रेस
२०७६-०४-३० ११:०० मा प्रकाशित
Total Shares: 570
काठमाडौं - अभिनेत्री जान्हवी कपुरको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जान्हवी आफ्नो कारतर्फ गइरहेका वेला फुटपाथमा एक बालकले उनीसँग किताब किनिदिन आग्रह गरेका थिए ।
उनले विनम्रताका साथ आफूसँग पैसा नभएको बताइन् । तर, ती बालकले उनलाई पिछा गरिरहे । जब जान्हवी कारमा छिरिन्, त्यसपछि उनले पहिले आफ्नो पर्स खोलिन् । त्यहाँ पैसा थिएन । त्यसपछि उनले ड्राइभरसँग सापटी मागेर ती बालकलाई पैसा दिइन् ।
जान्हवीको यस कदमको सामाजिक सञ्जालमा प्रशंसा भएको छ । आमा श्रीदेवीले जान्हवीलाई राम्रो शिक्षा दिएको भन्दै फ्यानहरूले उनको तारिफ गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस