काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा २ सयले घटेर ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छ।  तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।