काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठक महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतमा केन्द्रित हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।