थप ७६१ जनामा डेंगु संक्रमण, मृतकको संख्या ५१ पुग्यो
खबर एक्सप्रेस
२०७९-०७-०३ ०५:२० मा प्रकाशित
Total Shares: 200
काठमाडौं - नेपालमा थप ७ सय ६१ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर डेंगु संक्रमितको संख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार डेंगुबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म यसबाट ५१ जनाले ज्यान गुमाइसकेका छन् । गत साउन महिनादेखि शुरु भएको डेंगुको प्रकोप अहिले ७७ वटै जिल्लामा फैलिसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस