काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी नारायणहिटी राजदरवारस्थित संग्रहालय पुगेर अवलोकन गरेकी छन् । शुक्रबार राष्ट्रपति भण्डारीले नारायणहिटी संग्रहालय अवलोकन गरेकी हुन् ।

सर्वसाधारणका लागि बन्द रहेको संग्राहलयमा राष्ट्रपतिबाट अनौपचारिक भ्रमण भएको हो । उनले त्यहाँ झण्डै दुई घण्टा अवलोकन गरेको संग्राहलय व्यवस्थापनले जनाएको छ ।