चुनावपछि फेरि कतै आगो लाग्नु हुँदैन, सरकारबाट कुनै युवा मारिनु हुँदैन ः गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनपछि देशमा अशान्ति र हिंसात्मक गतिविधि दोहोरिन नहुने बताएका छन् ।
गोकर्णश्वरमा सर्लाहीका मतदातासँगको अन्तरक्रियामा बोल्दै थापाले चुनावपछि सडकमा कोही आएर फेरि आफ्नो रिस प्रकट गर्ने अवस्था आउन नदिन राजनीतिक दलहरू जिम्मेवारी हुनुपर्ने बताएका हुन्।
उनले भने- 'जे जति खराब कामहरू भए, कसैलाई दोष दिन्न म। म पनि त्यहीँ भित्र थिएँ। तर चुनावपछि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन । चुनावपछि फेरि बनाइएको सिंहदरबार जल्नु हुँदैन । नयाँ बनेको संसद् भवन पनि सुरक्षित रहनुपर्छ । सरकारको गोलीबाट कुनै पनि युवा मारिनु हुँदैन ।'
उनले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउँदै शान्ति, सहमति र सहकार्यका माध्यमबाट राजनीतिक स्थिरता कायम गर्न कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनले थप भने- 'चुनाव पछाडि पनि सबैलाई मिलाएर लिएर जानुपर्छ। रिस, उत्तेजनाले मात्र हुँदैन। घृणाले मात्र हुँदैन। सबैलाई मिलाएर लिएर जाने साहस कांंग्रसले राख्छ।'

.gif)



फेसबुक पेज Like गर्नुहोस