काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले 'अर्थमन्त्री राजीनामा दे', 'अर्थमन्त्रीलाई बर्खास्त गर' भन्दै नाराबाजी गरेका छन् । उनीहरुले बजेट निर्माण प्रकृयाका क्रममा भएको गतिविधिको सीसी टीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।

अर्थमन्त्री शर्माले बजेट निर्माण प्रकृयामा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै सदनदेखि सडकसम्म चर्को आलोचना भइरहेको छ ।