सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा उपचारका लागि नर्भिक अस्पतालमा भर्ना
खबर एक्सप्रेस
२०८०-१२-०५ ०९:०५ मा प्रकाशित
Total Shares: 129
काठमाडौं - सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला अदालत काठमाडौंको आदेशपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरालाई थापाथलीस्थित नर्भिकमा भर्ना गरिएको हो ।
सुन तस्करी प्रकरणमा पक्राउ महराको उपचारको व्यवस्था गर्न अदालतले आदेश दिएको थियो । साथै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस