कोरोना चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने सम्भावना
काठमाडौं - संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा। बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं–तिहारमा पहाडी जिल्लामा समेत फैलिने स्थिति रहेको बताए। ‘दसैं आउँदैछ, अब घर जानेहरूले गाउँ–गाउँमा पुर्याउने स्थिति छ,’ उनले भने। दैनिक ७० भन्दा बढी जहाजबाट आउनेका कारण पनि संक्रमण गाउँगाउँमा पुग्ने स्थिति रहेको उनको विश्लेषण छ।
संक्रमितमध्ये १० देखि १५ प्रतिशतमा मात्र कडा लक्षण देखिने भएकाले यो समूहका लागि उपचार व्यवस्थापनमा ध्यान दिनुपर्ने डा। मरासिनी र राष्ट्रिय इपिडिमियोलोजी महाशाखाकै जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाको सुझाव छ। आइसोलेसनमा बस्नेका लागि भन्दा अस्पताल भर्ना हुनेका लागि आइसियु, अक्सिजन र भेन्टिलेटर भएका शड्ढयामा वृद्धि गर्नुपर्छ,’ कोइरालाले भने। उपचार सेवा प्रभावकारी भए संक्रमितको मृत्युदरमा कमी ल्याउन सकिने उनीहरूको तर्क छ।
हाल उपत्यकाका हकमा बैंक, प्रहरी, स्वास्थ्यकर्मी, मालपोतजस्ता सेवा प्रवाह गर्ने कार्यालय, सपिङ मल र बजारबाट बढी संक्रमण फैलिरहेको पाइएकाले यी ठाउँलाई पूर्ण रूपमा संक्रमणविहीन बनाउने मापदण्ड लागू हुनुपर्ने डा। मरासिनीको सुझाव छ। ‘शून्य संक्रमणयुक्त सेवा दिनेगरी यी ठाउँमा मापदण्ड पालना हुनुपर्छ,’ उनले भने।
नागरिक दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस