टप एन्ड टी-२० सिरिज: पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्दै
काठमाडौं - अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले आज मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ।
डार्विनको पार्मर्स्टनस्थित काजालिस एइनामा हुने खेल नेपालाी समय अनुसार सवा ११ बजे सुरु हुनेछ। नेपाल हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित हुँदा एक जित निकालेको छ। नेपाल तालिकाको नवौं स्थानमा छ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।
मंगलबार भएको चौथो खेलमा भने नेपालले हुबर्ट हरिकेन्स माथि ६६ रनको फराकिलो जित हात पारेको थियो। नेपालले जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।
मेलबर्नले भने ३ खेल खेल्दा २ जित निकालेको छ। ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन्। नेपाल हाल ४ खेलमा २ अंक जोडेर आठौं स्थानमा छ। नेपालले शुक्रबार पाकिस्तान शाहीन्ससँग अन्तिम खेल खेल्नेछ।
यो सिरिजपछि नेपालले थप पाँच अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्ने भएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस