शरीरमा पानीको कमी हुन नदिन के गर्ने ?
काठमाडौं - जाडो याममा कतिपयले कम पानी पिउने गर्छन् । शरीरलाई पानी पुगेन भने विभिन्न स्वस्थ्य समस्याले सताउन सक्छन् । केही खाने कुरा खाएमा तिनले शरीरमा पानीको कमी हुँन दिदैन ।
– स्याउ
स्याउमा करीब ९० प्रतिशत पानी हुन्छ । जाडो याममा शरीरलाई पानी प्रदान गर्न स्याउ खाने गर्नुपर्छ । स्याउ फाइबर, भिटामिन सी, र क्याल्सियमको पनि राम्रो श्रोत हो ।
– कागती
कागती भिटामिनको भण्डार हो । साथै, यसले शरीरबाट विषालु पदार्थ निष्काशन गर्न मद्दत पु–याउँछ । जाडोमा हरेक दिन कागती पानी खानु फाइदाजनक छ ।
– पालुंगो
पालुंगोमा प्रोटिन, भिटामिन र आइरन भरपुर मात्रामा पाइन्छन् । जाडोमा पालुंगोको साग खाने गर्नाले शरीरमा पानीको कमी हुन दिदैन ।
– दही
दहीमा करीब ८० प्रतिशत पानी हुन्छ । विहानको खाजामा दही खाने गर्नुपर्छ । यसले शरीरमा पानीको कमीलाई पूरा गर्छ । साथै हड्डी बलियो बनाउन पनि मद्दत गर्छ ।
फेसबुक पेज Like गर्नुहोस