काठमाडौं - राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई आफ्नो शान्तिपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम दिएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संयुक्त जनआन्दोलन समितिले एक हप्ताको अल्टिमेटम दिएको हो ।

संयुक्त शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजाने जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले घोषणा गरेका छन् ।

उनले ०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरूलाई आह्वान गरे ।