पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो
खबर एक्सप्रेस
२०७९-०१-३१ ०७:४७ मा प्रकाशित
Total Shares: 623
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ ।
निगमले डिजेल, पेट्रोल र मट्टिलेतको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो। अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस