काठमाडौं - हाल प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री परिषद्को बैठक बसिरहेको छ ।

विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको भन्ने प्रचार भैरहेको छ । तर, घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रिपरिषदमा ऊर्जा मन्त्रालयबाट कुनै प्रस्ताव पेश नभएको स्रोतले बताएको छ ।

मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिँदैछ । तर, उनैलाई पुन नियुक्ति दिन चौतर्फी दबाब आइरहेको छ।