शिक्षामन्त्रीको दबाब थेग्न सकेन आयोगले, नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी
खबर एक्सप्रेस
२०७६-०७-११ ११:०० मा प्रकाशित
Total Shares: 543
काठमाडौं - राष्ट्रिय चिकित्सा शिक्षा आयोगले कलेजहरुलाई सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद् (सीटीईभीटी) लाई निर्देशन दिएको छ ।
उपाध्यक्ष नियुक्तिलगत्तै आयोगका सहअध्यक्ष तथा शिक्षामन्त्री गिरीराजमणि पोखरेलको दवावमा सम्बन्धन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको स्रोतले जनाएको छ ।
पोखरेलले नर्सिङलगायत विषय अध्यापन गराउने कलेजलाई सम्बन्धन दिन यसअघि पनि प्रयास गर्दै आएका थिए ।
चिकित्सा शिक्षा ऐनले कलेजहरुलाई सम्बन्धन दिने अधिकार आयोगलाई दिएको छ । आयोगले भने पूर्णता नपाएको भन्दै आफ्ना अधिकार विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र सीटीईभीटीलाई हस्तान्तरण गर्दै आएको छ ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस