चुनावमा भएकाे अन्तर्घातबारे छानबिन गर्न माओवादी केन्द्रद्वारा समिति गठन
खबर एक्सप्रेस
२०७९-०३-२५ ०१:१५ मा प्रकाशित
Total Shares: 327
काठमाडौं - नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
शनिबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो। समिति सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् ।
हालै काठमाडौँमा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा नेताहरुले आन्तरिक विवादका कारण गएको स्थानीय चुनावमा अन्तर्घात भएको र अन्तर्घातीलाई कारबाही गर्नुपर्ने माग राखेका थिए । साेही अनुसार समिति गठन गरिएकाे हाे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस