माधव नेपालको नयाँ पार्टी ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’
खबर एक्सप्रेस
२०७८-०५-०२ ०३:५३ मा प्रकाशित
Total Shares: 290
काठमाडौं - माधव नेपालको नयाँ पार्टी ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ताको अन्तिम तयारी गरेको छ । पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने निर्णय भएको छ ।
चुनाव चिह्न खुला किताब राख्ने नेता जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि चुनाव चिह्न सूर्यमा दाबी गर्ने तयारी थियो तर निर्वाचन आयोगले मान्यता नदिने निष्कर्ष निकाल्दै खुला किताब राख्ने निर्णय भएको हो ।
खतिवडाका अनुसार आजै निर्वाचन आयोग जाने तयारी छ ।
फेसबुक पेज Like गर्नुहोस