सुनको भाउ आज पनि बढ्यो, चाँदीको स्थिर
खबर एक्सप्रेस
२०८०-०६-१८ १२:४१ मा प्रकाशित
Total Shares: 154
काठमाडौं - सुनको भाउ आज पनि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार पनि सुनको ३०० रुपैयाँले बढेको थियो । बुधबार भने छापावाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने लगातार दोस्रोदिन स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस