कालिञ्चोकमा वर्षातसहित हिमपात, व्यवसायीहरु उत्साहित
खबर एक्सप्रेस
२०८१-१२-०८ ०६:२७ मा प्रकाशित
Total Shares: 149
काठमाडौं - दोलखाको कालिञ्चोक र कुरी उपत्यकासहित माथिल्लो भेगमा शनिबार वर्षातसहित हिमपात भएको छ । कालिञ्चोक, कुरीलगायत उच्च भेगमा दिउँसोदेखि हिमपात भएको हो ।
कालिञ्चोकमा यो वर्ष गत महिना एकपटक मात्रै हिमपात भएको थियोे ।
हिमपात भएसँगै कालिञ्चोक मन्दिरको काखमा रहेको कुरी उपत्यकाका होटल व्यवसायीहरु उत्साही भएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस