काठमाडौं - जोखिम व्यवस्थापनको लागि बीमा गरिएको हुन्छ, नसोचिएको कुनै घटनाले धनजनको क्षति भएका बीमा कम्पनीले करार अनुसारको क्षतिपूर्ति दिनुपर्छ ।

२०७५ साल मंसिर १० गते काठमाडौंको बुद्धनगरमा रहेको गौरीशंकर फर्निसिङ्गको गोदाममा विद्युत सर्ट भइ आगलागी भएर  करोडौंको क्षति भएको थियो । फर्निसिङ्गको संचालक राम बहादुर कार्कीले सगरमाथा इन्स्योरेन्समा बीमा गराएका रहेछन । तर उनले हालसम्म सगरमाथा इन्स्योरेन्सबाट क्षति बापतको बीमा दाबी भुक्तानी पाउन सकेको छैनन् । 

बीमा दाबी भुक्तानी नपाएपछि उनले २०७७ साल भदौ ६ गते बीमा  कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिमा सगरमाथा इन्स्योरेन्सको विरुद्धमा निवेदन दिएका रहेछन् । बीमा समितिले पनि कार्कीलाई ३० दिन भित्र बीमा दाबी भुक्तानी  दिन निर्देशन दियो । तर तीन महिना बितिसक्दा पनि नियमक निकाय बीमा समितिले दिएको निर्देशन  सगरमाथा इन्स्योरेन्सले अटेर गरिरहेको छ । 

सिइओ क्षेत्रीद्वारा बीमित कार्कीलाई धम्की

 बीमितलाई क्षतिपूर्ति दिनुको साट्टो सिइओ क्षेत्रीले बीमित कार्कीलाई उल्टै धाकधम्की दिने गरेको कार्की बताउँछन् । कार्कीले सिइओ क्षेत्रीलाई आफूले दाबी भुक्तानी नपाउनुको कारण के हो ? भनी प्रश्न गर्दा 'म डन हुँ टाइ लगाएर हिँडेर मात्र मलाई गुण्डा जस्तो नदेखिएको हो, यदि मैले अहिले जति  पढेको थिएन् भने गुण्डा हुने थिए' भन्दै थर्काएको कार्कीको बताउँछन् । यस विषयमा सिइओ क्षेत्रीसँग  सम्पर्क गर्न खोज्दा सिइओ क्षेत्री सम्पर्कमा आउन चाहेनन् ।

यस बिषयमा हामी खबर एक्सप्रेस टेलिभिजन कार्यक्रममा दुबै पक्षको भनाइ राखी विशेष रिपोर्ट तयार गरि प्रशारण गर्नेछौ ।