खाली हुन थाले बाँके अस्पतालका शय्या
खबर एक्सप्रेस
२०७८-०२-२४ ०५:२८ मा प्रकाशित
Total Shares: 273
काठमाडौं,बाँके - पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो संक्रमितका सङ्ख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् ।
भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार संक्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी भएपछि संक्रमितको सङ्ख्यामा कमी आएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस