काठमाडौं - गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण निकालेको घटनामा कुमारी बैंकका उच्च नेतृत्व निर्दोष देखिएको छ ।

 नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण निकालेको घटनामा कुमारी बैंकका संचालक र उच्च कर्मचारीहरुलाई नेपाल राष्ट्र बैंकले

बोलाएर छलफल गर्नुका साथै विभिन्न कोणबाट अनुसन्धान गरेको र बाहिर विश्लेषण गरे जस्तो उच्च तहका कर्मचारीको मिलेमतो नरहेको  एक कार्यकारी निर्देशकले खबर एक्सप्रेसलाई जानकारी दिए  । 

गायक अमात्यको १२ बिगाहा जग्गाको नक्कली बिगाहा  पेश गरी कुमारी बैंकको पर्सा शाखाबाट १९ करोड ऋण दिने ऋण अधिकृत सोनु ठाकुरसहित चार जनालाई गायक अमात्यको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दोषीहरूलाई पक्राउ गरिसकेको छ ।

यस घटनामा नेपाल राष्ट्र बैंक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । ब्यूरोका प्रबक्ता श्याम कुमार महतोका अनुसार दोषीहरूलाई पक्राउ गरिसकेको र थप अनुसन्धान गरिरहेको जानकारी दिए । बैंकका उच्च कर्मचारीहरुको पनि मिलेमतो छ कि ? भन्ने प्रश्नमा उनले हालसम्म त्यस्तो केही  देखिदैन माथिल्लो तहका कर्मचारीको पनि मिलेमतो देखिएको भए उनीहरु माथि पनि अनुसन्धान हुन्थ्यो । हालसम्म त्यस्तो आधार प्रमाण केही नदेखिएको बताए ।