नेपालमा थप २ हजार ७१४ जनामा कोरोना पुष्टि, २४ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०४-०७ ०४:५६ मा प्रकाशित
Total Shares: 221
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २७१४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १८५५ र एन्टिजेन विधिबाट ८५९ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ७४ हजार ७२६ र एन्टिजेनबाट ५२ हजार ४४३ जना पुगेको छ ।
यस्तै, आज थप १२८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० जना पुगेको छ । निको हुनेको दर ९४.५ प्रतिशत छ ।
आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ६६१ पुगेको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस