नेकपामा अबदेखि दुई वरिष्ठ नेता !
खबर एक्सप्रेस
२०७६-१०-१६ ११:०० मा प्रकाशित
Total Shares: 339
काठमाडौं - जारी नेकपाको केन्द्रीय कमिटिको बैठकमा पार्टीमा दुई वरिष्ठ नेता रहने प्रस्ताव आएको छ । बुधबारबाट सुरु भएको बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधनमा यस्तो प्रस्ताव ल्याएका हुन् । नेकपामा अबदेखि दुई जना वरिष्ठ नेता रहने भएका छन् ।
पौडेलको प्रस्तावमा उपाध्यक्षको समेत व्यवस्था गरिएको छ । प्रस्तावित विधान संशोधन प्रस्तावमा विधानको ‘धारा १८ ९घ० १ को साविक व्यवस्थाको सट्टा दुई अध्यक्ष, दुई बरिष्ठ नेता, एक उपाध्यक्ष, एक प्रवक्ता र महासचिवसहित ४४१ सदस्यीय कमिटी भन्ने उल्लेख गर्ने’ प्रस्ताव गरिएको छ ।
यो प्रस्ताव पास भए अबदेखि नेकपामा दुई अध्यक्षसहित दुई बरिष्ठ नेता रहनेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस