विवाद समाधानका लागि देउवाले थाले पहल
काठमाडाैं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र देखिएको विवाद समाधानका लागि पहल थालेका छन् । सभापति देउवाले आफूविरुद्ध गुटबन्दीमा लागेका जिल्ला सभापतिहरुलाई छलफलका लागि बोलाएका हुन् ।
सभापति देउवाले छलफलका लागि जिल्ला सभापतिलाई आज आफ्नो निवास बूढानीलकण्ठमा आउन आग्रह गरेका छन् । पार्टी संस्थापनको कार्यशैलीप्रति असन्तुष्ट संस्थापन इतर समूहको अगुवाइमा जिल्ला सभापति तीन दिनदेखि पार्टी कार्यालयमा छलफलमा जुटेका छन् ।
काँग्रेस नेता जगदिश्वर नरसिंह केसीले सभापति देउवाले आज छलफलका लागि बोलाएको जानकारी दिए । भेटका क्रममा जिल्ला सभापतिहरुले देउवालाई सानेपा भेलाबाट जारी हुने घोषणापत्र हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ । संस्थापन इतर पक्षले पार्टीमा उत्पन्न पछिल्लो विवादबारे आफूनिकटका जिल्ला सभापतिसँग पराशर्म गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस