निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिक उम्मेदवारको सूची
खबर एक्सप्रेस
२०७९-०६-२३ ०८:१८ मा प्रकाशित
Total Shares: 222
काठमाडौं - निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको समानुपातिक सूची सार्वजनिक गरेको हो।
आयोगले समानुपातिक तर्फका उम्मेदवारलागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको थियो। आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको निर्वाचनमा ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिँदैछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस