काठमाडौं-रामेछापस्थित मन्थली विमानस्थलमा दुई पाइलटबीच झगडा भएको छ। शुक्रबार बिहान तारा एयरका दुई पाइलटबीच झगडा भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार पाइलटहरुबीच एप्रोनमै झगडा भएको हो। झगडाको कारण भने खुलेको छैन। प्राधिकरणले झगडा गर्ने दुई पाइलटलाई उडानमा ग्राउन्डेड गरिएको क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

घटनाबारे क्यानले अनसन्धान गरिरहेको छ।