काठमाडौं,एजेन्सी - काजकिस्तानमा जारी विरोध प्रदर्शन र हिंसाबीच सरकारले सेनालाई चेतावनी बिना नै गोली चलाउने आदेश दिएको छ । काजकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकाएवले ‘२० हजार विद्रोही’ ले अल्माटी शहरमा हमला सुरु गरेको जानकारी दिएका छन् । अल्माटी शहर बढ्दो मूल्यवृद्धि विरुद्ध भइरहेको विरोध प्रदर्शन र हिंसाको केन्द्र रहेको छ ।

रुसको सेना कजाकिस्तान पुग्योः

राष्ट्रपति तोकाएवले यो हिंसाका लागि विदेशमा तालिम लिएका ‘आतंककारी’ लाई जिम्मेवार बताएका छन् । यद्यपि, उनी यो नतिजामा कसरी पुगे भनेर स्पष्ट जानकारी भने दिएनन् । यसैबीच कजाकिस्तानको गृह मन्त्रालयले २६ हतियारधारी अपराधीलाई मारिएको र हिंसामा १८ सुरक्षा अधिकारी पनि मारिएको जानकारी दिएको छ ।

गृह मन्त्रालयका अनुसार तीन हजारभन्दा बढीलाई पक्राउ गरिएको छ । यद्यपि, प्रभावित क्षेत्रमा इन्टरनेट बन्द छ र धेरै कम जानकारी आइरहेका छन् । स्थानीय मिडियाका अनुसार देशभरी ७० चेक पोइन्ट्स लगाइएका छन् । संयुक्त राष्ट्रले संयमता अपनाउन अपिल गरे । जाकिस्तानमा तेलको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शनका बेला हिंसा बढेको हो । त्यसपछि अमेरिका, बेलायत, फ्रान्सबाहेक संयुक्त राष्ट्रले सबै पक्षसँग संयमता अपनाउन अपिल गरेका छन् ।