मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा
खबर एक्सप्रेस
२०७८-०८-०७ १०:२५ मा प्रकाशित
Total Shares: 344
काठमाडौं - आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रवर्द्धित मिदास टेक्नोलोजीले उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था गरेको छ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको भीडलाई व्यवस्थित बनाउने मिदासले अपेक्षा गरेको छ।
अपोइन्टमेन्टसँगै यस सेवाबाट अनलाइन भुक्तानी पनि गर्न सकिन्छ। सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेशन, मेरोडाक्टर मोबाइल एप तथा मेरोडाक्टर डटकम मार्फत सेवा लिन सकिने मिदासले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस