काठमाडौं - सरकारले मास्कको आपूर्ति र उत्पादन बढाउने विषयमा निजी क्षेत्रसँग सहकार्य भइरहेको बताएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) को प्रभाव नदेखिएको बताउँदै सरकारले संक्रमण हुँनै नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको छ ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारी समेत सम्हालीरहेका अर्थमन्त्री युवराज खतिवडाले सरकार र स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर नियन्त्रणको प्रयास भइरहेको बताए ।

खतिवडाले कोरोना भाइरस नियन्त्रणका लागि अहिले प्रदेश र स्थानीय सरकारसँग छलफल गरी अगाडी बढिरहेको बताए । कोरोनाका कारण पर्यटन, व्यापार लगायतका क्षेत्रमा असर पर्ने अनुमान गरिएको उनले बताए । लगानीका अवशर, बजार आपूर्तिका सन्दर्भमा प्रभाव पर्ने कुराहरु अनुमान गर्न सकिने उनले बताए ।

अर्थमन्त्री खतिवडालाई सेयर बजारले तपाईलाई नरुचाएको हो रु भनेर पत्रकारले सोधेको प्रश्नमा खतिवडाले आफ्नो कार्यकालमा नै पूँजी बजारमा ठुलो नीतिगत सुधार भएको बताए । उनले भने, ‘अहिलेसम्मको पूँजीबजार हेर्दा विगत २ वर्षमा धेरै सुधार भएको छ । अर्थमन्त्रीको काम लगानी कर्तालाई अवशरसम्म पु(याउने हो बाँकी उसको जिम्मा । लगानी कर्ताले कम्पनी वासलात, नाफा नोक्सान हेरेर गर्नुपर्छ । नीतिगत समस्या देखिएका छन् भनेर बसेर छलफल गर्न सकिन्छ ।’ अर्थमन्त्री खतिवडाले व्यक्तिको अनुहार भन्दा पनि कम्पनीको वासलात हेरेर लगानी गर्न सुझाव दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले स्वस्थ्य मन्त्रालयले छुट्टाछुट्टै तीन वटा समितिहरु गठन गरेर कोरोना भाइरसका भित्रिन नदिने गरी काम भइरहेको बताए । मन्त्रीको संयोजकत्वमा, सचिवको संयोजत्वमा र सम्बन्धित महाशाखा समितिको संयोजकत्वमा प्राविधिक कमिटी गठन गरी काम भइरहेको उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर काम भइरहेको उनले बताए । विमानस्थलमा संस्कास्पद देखिएका व्यक्तिहरुलाई तुरुन्त उपचारका लागि पठाउने गरिएको उनले बताए । एक सिफ्टमा ७ जनासम्म चिकित्सकसहितको टोली र रातिको सिफ्टमा ४ जनाको टोली विमानस्थलको हेल्थ डेस्कमा खटाइएको उउनले बताए ।

सात वटै प्रदेशमा सरकारले टोलीहरु पठाएको उल्लेख गर्दै प्रवक्ता देवकोटाले नेपाल भारतका ३७ वटा सीमा नाकाहरुमा टोली खटाउने तयारी भइरहेको बताए । भारतले विभिन्न औषधिमा निर्यात प्रतिवन्ध लगाएपछि कसरी फुकुवा गर्ने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए ।

सरकारले उपत्यकामा रहेका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको पनि उनले बताए । सजकता अपनाउन जरुरी रहेकाले त्रासको वातावरण नफैलाउन आग्रह गर्दै उनले औषधि आपूर्ति, भिडभाड रोकथामका विषयमा मन्त्रालयले निरन्तर सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताए ।